दमक, ५ मंसिर–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्चको महिलाहरुको संगठन लिम्बूवान महिला मञ्च दमक नगर समिति गठन भएको छ । सो समितिका अध्यक्षमा दमककी व्यवसायी तथा सामाजिक अगुवा मनु साङपाङ राईको अध्यक्षतामा संघीय लिम्बूवान महिला मञ्च दमक नगर समिति गठन भएको हो ।
समितमा एक जना वरिष्ठ उपाध्यक्ष र ६ जना उपाध्यक्ष छन् । वरिष्ठ उपाध्यक्षमा सिता (केरुङ) मादेन, उपाध्यक्षहरुमा तारा लावोती, दाशमाया लिम्बू, गंगा धिमाल, लक्ष्मी पुलामी मगर, कमला काङवाङ छन् । सो समितिको सचिवमा दिपा सम्बाहाफे, सहसचिवमा लासेङ लिम्बू र कोषाध्यक्षमा मनकुमारी बेघा छन् ।
यसैगरी, समितिका सदस्यहरुमा सारदा लिम्बू, लक्ष्मीमाया इङबुङ, सरस्वता लावोती, प्रतिमा वेधा, देबी लिम्बू, मुना राई, सानबारी लिम्बू, निशा राई, सरस्वती लिम्बू, विष्णु केरुङ, लक्ष्मी सेवा, लक्ष्मी धिमाल र कमला गुरुङ छन् ।
समितिका अध्यक्ष मनु साङपाङ राईका अनुसार दमकमा महिलाहरुलाई राजनीतिमा सक्रिय सहभागिता गराउन संघीय लिम्बूवान महिला मञ्च दमक नगर समितिले विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गरिनेछ । नेत्री राईका अनुसार संघीय लिम्बूवान महिला मञ्च लिम्बू र राईहरुको मात्रै नभएर सवै जाति, धर्म वा समुदायको हित र अधिकारको निम्ति काम गर्ने राजनीति संगठन भएको बताईन् ।
संघीय लिम्बूवान महिला मञ्च मार्फत आगामी दिनमा दमकको सवै वडा र सवै टोल टोलमा महिलाको भेला गराई वडा स्तरको समिति निर्माण गरिने अध्यक्ष राईले जानकारी गराईन् ।
