दमक, ५ मंसिर–झापा शिबगञ्जका युवा नेता मनोज खुलाल कार्की काँग्रेस राजनीति अनि संगठन भित्रका एउटा आशलाग्दो र भरपर्दो नेतृत्व हुन् । विद्यार्थी राजनीतिबाट झापामा स्थापित उनी, शिबसताक्षी–६ का वडा अध्यक्ष हुन् ।
उनी कम्युनिष्टको एउटा आधार क्षेत्रको रुपमा रहेको शिबगञ्जबाट निर्वाचि जनप्रतिनिधि हुन् । त्यसवेला उनले नेकपा (एमाले) को लालकिल्ला (शिबगञ्ज गाविस) शिबसताक्षी–६ बाट चुनावमा बिजय भएका हुन् ।
उनले आफु भन्दा पाका उमेरका नेतालाई चुनामा पाखा लगाए । चुनावमा जित दर्ता गरेसँगै उनको चर्चाले जिल्लाभरी र प्रदेशभरी हुदैं संघीय राजधानीसम्म पुग्यो । उनी झापाका सवै स्थानीय तहहरुका निर्वाचित वडाध्यक्षहरुबीच कान्छा वडा अध्यक्ष पनि हुन् ।
नगरपालिकाबाट उपलब्ध गराएको सरकारी सेवाका दुई पाङ्ग्रे सवारी साधन नलिने वडाध्यक्ष हुन् । नगरको ११ वडाहरु मध्ये उनीसहित अर्का एक जना वडाध्यक्षले नगरपालिकाले उपलब्ध गराएको सवारी साधन नलिने वडाध्यक्ष हुन् । उपलब्ध भएका सावरुी साधन उनले फिर्ता गरेका थिए । सो क्रममा उनको चर्चा पनि केन्द्रसम्म पुग्यो ।

उनै, कान्छा वडाध्यक्ष एबम् युवा नेता कार्कीले नेपाली कांग्रेसको १४औं महाधिवेसनमा केन्द्रीय महाधिवेसन प्रतिनिधिको रुपमा उम्मेदवार बनेका छन् । झापा क्षेत्र नं ४ बाट खुल्लातर्फ कार्की क्ेन्द्रीय महाधिवेसन प्रतिनिधिका उम्मेदवार बनेका हुन् । उनी प्रष्ट विचार र स्पष्ट बत्ता हुन् । उनी शालिन र आर्कषक व्याक्तित्व भएका नेता हुन् ।
उनी जनप्रतिधि भएर गाउँ गाउँमा वडावासीको सुख र दुःखमा दैनीक जीवन बिताइरहेका छन् । विश्वभर महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासपुर्ण समयमा आफ्नो वडाको सवै गाउँ घरमा पुगेर जनताका पीरमार्का र समस्यामा सारथी बने । उनले खाद्यान्य सामाग्रीहरुदेखि स्वास्थ्यकर्मी र औषधी बोकेर भौतारिरहे । उनी आफु संक्रमण हुने डरले कहिल्यै घर बसेनन् । वरु, वडावासीको घर घरमा पुगेर आपतकालिन सेवा उपलब्ध गराउने उदेश्यले शिबगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर र औषधी लिएर पुगे ।
शिबगञ्ज प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ शिबगञ्ज र शिबगञ्जस्थित रेडक्रस सोसाइटीसंगको सहकार्यमा वडा कार्यालयले लकडाउनको समयमा संचेतना र जाँगरणका कार्यक्रमहरु सञ्चालन गरिरहे ।
त्यसवेला, उनको लोकप्रिय कार्यले नगरपालिकाले सहयोग गरेनन् । सहयोग त के, बरु त्यसको विरुद्धमा योजना बनाए । उनलाई आफ्नै वडाका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले असयोग गरे । टिप्पणी गरे । आलोचना पनि गरे ।

वडामित्र विकासे योजना र कार्यक्रमले उनको बढ्दो लाकप्रियताले वडाभित्रै र नगरभित्रैबाट भएका विरोधले उनलाई वडावासीको हितमा काम गर्ने प्रेरणा र हौसल्ला प्राप्त भएको नेता कार्कीले बताए ।
पार्टीको १४औं महाधिवेसनको क्रममा सक्रियका साथ आफ्नो उम्मेदवारीसहित एजेन्डाहरु लिएर क्षेत्र नं ४ का अग्रज नेता, पाटी नेतृत्व र वडा सभापति,, क्षेत्रीय प्रतिनिधि सहित गाउँ र नगर सभापतिको घर दैलोमा भेटघाट गरिरहेका छन् ।
कांग्रेसमा रुपान्तरण र परिवर्तनका लागि युवाहरुको साथ र बुढापाकाको आशिर्वाद भन्ने मुल नारा लिएर खुल्लातर्फको महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका युवा नेता कार्कीको उम्मेदवारलाई यस क्षेत्रमा महत्वसाथ हेरिएको छ ।
कांग्रेसमा युवा पुस्तालाई आकर्षित गर्न आवश्यक रहेको बताउने कार्की भन्छन(‘पार्टीमा अलग अलग समुह हुनु स्वभाविक हो’ विपक्षीसंगको चुनावी प्रतिस्पर्धामा भने कांग्रेस एक ढिक्का भए निकट भविष्यमा हुने सबै चुनावमा पार्टीको जित सुनिश्चित छ ।
युवा पुस्तालाई पार्टीमा आकर्षित गराउने संग(संगै परिचालन र व्यवस्थापनको पनि स्पष्ट खाका बनाएर अघि बढनुपर्ने अहिलेको आवश्यकता भएको खुलालको बुझाई छ ।

