काठमाडौं, ६ मंसिर–अनियन्त्रित खानपान र जीवनशैलीका कारण पछिल्लो समय धेरै मानिस उच्च रक्तचापबाट पीडित भएका छन्। उच्च रक्तचापकै कारण धेरैजना युवा अवस्थामानै मुटु रोगी भएका छन्।

उच्च रक्तचापले मानिसको धमनीमा रक्तचाप बढ्छ। जसका कारण मुटुले सामान्यभन्दा बढी काम गर्नुपर्ने हुन्छ। भुटेको, चिल्लो खानेकुरा खाँदा‚ धूमपान र मद्यपान धेरै गर्दा तथा शारीरिक व्यायम नगर्दा उच्च रक्तचापको समस्या आउँछ।

उच्च रक्तचापबाट पीडितहरूले खानपानमा ध्यान दिनुपर्ने हुन्छ। खानपान ध्यान दिए स्वास्थ्य प्रतिकूल हुनबाट जोगाउँछ। आफ्नो आहारमा यी पाँच फलफूल समावेश गरे उच्च रक्तचापका बिरामीलाई फाइदा पुग्छ।

किवीः किवी रक्तचापका बिरामीका लागि निकै फाइदाजनक फल हो। किवीमा पाइने म्याग्नेसियम र पोटासियमले उच्च रक्तचापको समस्यालाई कम गर्न मद्दत गर्छ। साथै‚ यसको सेवनले हृदयाघात, स्ट्रोकको जोखिम कम हुन्छ। रक्तचापका रोगीले यसबाट बनेको जुस दैनिक सेवन गर्नु फलदी हुन्छ।

तरबुजाः तरबुजामा पाइने एमिनो एसिड, पोटासियम, भिटामिन सी, भिटामिन ए, लाइकोपिनजस्ता तत्वले उच्च रक्तचाप कम गर्न मद्दत गर्छ। यसबाहेक यस फलमा पाइने पोटासियमले व्यायाम गर्दा रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

आँपः फलफूलको राजा भनिने आँप खानमा स्वादिलो ​​मात्र नभई स्वास्थ्यका लागि पनि निक्कै फाइदाजनक छ। आँपमा पाइने फाइबर र बिटा क्यारोटिनले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

स्ट्रबेरीः स्ट्रबेरीमा एन्टिअक्सिडेन्ट, भिटामिन सी र ओमेगा ३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ। यस्तै‚ यो फलमा पाइने पोटासियमले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

केराः पोटासियमले उच्च रक्तचाप नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ। केरा पोटासियम, ओमेगा(३ फ्याटी एसिडको उत्तम स्रोत हो।

एजेन्सीको सहयोगमा

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *