बिर्तामोड, ६ मंसिर–नेकपा (एकीकृत समाजवादी) को बिर्तामोड वडा न ४ स्तरिय कमिटी गठन भएको छ ।
नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षतामा भएको भेलाले सो वडा कमिटी गठन गरेको हो ।
भेला पार्टीका केन्द्रिय सदस्य निलमणि बरालको प्रमुख आतिथ्यमा भएको थियो । भेलाले गोबिन्द बास्तोलाको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा कृष्ण अधिकारी, बिष्णु उप्रेती, सचिबमा भिम बराइली, उप सचिबमा किशोरकुमार सङ्रौला र सदस्यहरुमा चन्द्र राजबन्सी, चेतन सिटौला, नारायण राजबन्सी, अशोक शाह, सोमबहादुर खड्का, प्रबिन सिटौला, तारा बस्नेत, बुधारु राजबन्सी, घनश्याम अधिकारी र डिल्ली खनाल छन ।
भेलालाई जिल्ला पार्टीका प्रचार बिभाग प्रमुख तीर्थ सिग्देल, जिल्ला कमिटी सदस्य श्री मिश्रले सम्बोधन गरेका थिए भने सन्चालन नगर सचीव कृष्ण बिस्टले र स्वागत गोबिन्द बास्तोलाले गरेका थिए ।
नगरले १० वटै वडामा कमिटी बिस्तार गर्ने योजना बनाएको बताइएको छ ।
