डुडामारी (शिबसताक्षी), ६ मंसिर–झापाको फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयमा मंसिर ११ गतेदेखि सञ्चालन हुन लागेको प्रथम एनी फाक्तेप गोल्ड कप–०७८ को तयारी तिब्र गतिमा भएको छ ।
शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको प्राङ्गणमा फाक्तेप फूटबल क्लबले आयोजना गरेको प्रथम एनी फाक्तेप गोल्ड कपको भौतिक संरचना अन्तर्गतका निर्माणकार्यहरु भइरहेको छ । गोल्ड कप आयोजक फाक्तेप फूटबल क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङका अनुसार खेल मैदान सम्याउने, झार उमार्ने, पानी लगाउने लगायतका सवै कार्यहरु यसअघि नै पुरा भइसकेको छ ।
त्यस्तैं, गोल्ड कपमा आगान्तुक पाहुना र दर्शकहरुका लागि पूर्वपश्चिम लोकमार्गको डुडामारी चौकमा प्रवेशदवारसहितको भब्य गेट निर्माण कार्य पुरा भएको छ । खैल मैदानमा २ हजार ५ सय दर्शकहरु बस्न सक्ने प्याराफिट निर्माण कार्य सुरु भएको छ ।
क्लबका अध्यक्ष चेम्जोङका अनुसार गोल्ड कप सञ्चालन हुने खेल मैदानको संरचनालाई मध्यनजर गर्दै दर्शकहरुका लागि मैदानको पुर्व र पश्चिमतर्फ प्याराफिट निर्माण गरिने भएको छ । मैदानको उत्तर र दक्षिणतर्फ भने प्याराफिट नहुने अध्यक्ष चेम्जोङले जानकारी दिए ।
प्याराफिटसँगै खेलमैदान प्रवेशदवारमा स्वागत गेट निर्माण कार्य भइरहेको चेम्जोङले जानकारी दिए । चेम्जोङका अनुसार गोल्ड कपमा आगान्तुक दर्शक तथा पाहुनका लागि सौचालय, पिउने पानी र सवारी पाकिङ गर्ने स्थलको निर्माण कार्य पुरा भइसकेको छ ।
झापा, मोरङ, इलाम, सुनसरी र सिन्धुलीका कुल ८ टिमको सहभागिता हुने गोल्डकपमा बिजेताले नगद १ लाख १ हजार र उपबिजेताले नगद ५१ हजारसहित ट्रफि, शिल्ड, मेडल र प्रमाणपत्र पाउने गोल्डकप खेल संयोजक सन्तोष थेगिमले जानकारी दिए । थेगिमका अनुसार गोल्ड कपको उद्घाटन खेलमा मोरङ पथरी फूटबल क्लब र दुधौली फुटबल क्लब सिन्धुलीबीच हुने छ ।

गोल्ड कप सञ्चालनका लागि रोजगारीको शिलशिलामा प्रवासी जीवन विताइरहेका युवाहरुको विशेष पहल र सक्रियता रहेको प्रवास आर्थिक संयोजक निकेश खत्रीले बताए । कतारमा कार्यरत खत्रीसहित दुवईमा कार्यरत सुवास आङदम्बे लगायत अन्य क्रियाशिल युवाहरुको पहलमा प्रथम एनी फाक्तेप गोल्ड कप सञ्चालन गर्न तयारी गरेको हो ।
गोल्ड कप सञ्चालनका लागि प्रवासबाट रु नौ लाख बढी आर्थिक सहयोग संकलन भएको उनले बताए । केही नगद संकलन भइसको र केही आर्थिक सहयोग संकलन हुने क्रममा रहेको प्रवास आर्थिक सहयोग समितिका संयोजक खत्री बताउँछन् ।
यता, गोल्ड कप प्रचार प्रसार विभाग प्रमुख पत्रकार गोविन ल्वागुनका अनुसार ग्रामिण क्षेत्रमा गोल्डकप आयोजना गर्न चुनौतीपूर्ण रहेको र त्यसलाई सहज र उचित व्यवस्थापन गर्दै खेल सम्पन्न गर्न फाक्तेप फुटबल क्लबले विभिन्न उपसमितिहरु गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको छ ।
गोल्ड कपमा झापाको ४ टिम र जिल्ला बाहिररका ४ टिम गरि जम्मा ८ टिमको सहभागिता रहने छ । झापाको जलथल फुटबल क्लब हल्दिबारी, तुर्केनी फुटबल क्लब काकाडीभिटा, रोयल स्पोटिङ क्लब दमक र आयोजक फाक्तेप फुटबल क्लब रहेका छन् ।
त्यस्तैं, जिल्ला बाहिरका पथरी फुटबल क्लब मोरङ, दुधा्ैली स्पोटिङ क्लब सिन्धुली, माइभ्याली फुटबल क्लब इलाम र धारान सिटी फुटबल क्लबको सहभागिता रहने प्रचार प्रसार संयोजक ल्वागुनले बताए ।
शिवसताक्षी नगरपालिका र झापा जिल्ला फुटबल संघले समन्वय गर्ने गोल्ड कपलाई मुख्य प्रायोजक एनी स्पोर्टस क्लोथ ब्राण्डले गर्ने भएको छ ।
सह प्रायोजकको रुपमा एलभीडी क्लोथ ब्राण्ड काठमाडौं, ओप्पा क्याफे एण्ड लज, धरमपुर, ग्यालेक्सी फिटनेश, भिल्ला फेसन वेयर, कुसांग कलेक्सन, ओमशान्ति टेडर्स, चांग रेष्टुरेण्ड एण्ड बार, शिवसताक्षी ज्वेलर्स, भेनस ब्रान्डेट वेयर छन् ।
त्यस्तैं, गोल्डकपमा मेडिकल पार्टनरमा डुडामारी डाईग्नोष्टिक सेन्टर र लालीगुराँस हेल्थ केयर सेन्टरले गर्ने भएको छ । मिडिया पार्टनरमा सतासी साप्ताहिक, सताक्षी न्यूज डटकम, क्रेजी साप्ताहिक, हाम्रोसरोकार डटकम र साझामन्च डटकमले गर्ने भएको छ ।

