रुपन्देही, ८ मंसिर–नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको छ ।
रुपन्देहीको जितगढीमा गए राति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान निधन भएको हो ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बञ्जाडे अखिल क्रान्तिकारीको पूर्व महासचिव समेत हुन् ।
