गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), ८ मंसिर-इजायलमा कार्यरत शिवसताक्षी ८ सिमाना चोक निबासी दुर्गा शेर्मा (दिलु) ले मंसिर ११ गतेबाट सञ्चालन हुने एनी फाक्तेप गोल्ड कपलाई पचास हजार आर्थिक सहयोग गरेका छन ।
पूर्व खेलाडी शेर्माले आफ्नो दिवङ्गत आमा चित्रकुमारी शर्माको स्मृतिमा गोल्ड कपलाई आर्थिक सहयोग गरेको बताएका छन । शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयमा मंसिर ११ देखि १८ गतेसम्म प्रथम एनी फाक्तेप गोल्डकप सञ्चालन हुने भएको छ ।
शेर्माको आमाको ६ बर्षअघि निधन भएको थियो । आफ्नो घर आगनमा पहिलो पटक हुन लागेको यति ठुलो खेल महोत्सवमा आफूले सकेको सहयोग गर्न पाउँदा हर्षित भएको शेर्माले बताए । आफूले पनि विगतमा लामो समयसम्म बाल सेवा आधारभूत विद्यालयको खेल मैदानमा फुटबल खेलेको यादहरु ताजै रहेको स्मरण गरे। कार्य व्यस्तताले गर्दा छुट्टी नपाएपछि प्रतक्ष्य सहभागी भएर गोल्ड कप हेर्न नपाएकोमा दुःख लागेको शेर्माले हाम्रोसरोकारलाई बताए ।
यता फाकतेप गोल्डकप सुरु हुन ३ दिन मात्र बाँकी रहेको छ । गोल्डकपलाई सफल बनाऊन आयोजक फाक्तेप फुटबल क्लबले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष बामप्रसाद चेम्जोङले बताएका छन् । खेललाई सब्या र भब्य रुपमा सम्पन्न गर्नको लागि सबैको साथ सहयोगको अपेक्षा आयोजकले गरेको अध्यक्ष चेम्जोङले बताए ।
खेल हेर्नका लागि प्रबेश निशुल्क भएकोले सबै खेलप्रेमी दर्शकहरुमा उपस्थित भई खेलको मनोरञ्जन लिनको लागि आयोजकले अनुरोध गरेको छ । गोल्डकपको उद्घाटन खेल दुधौली स्पोर्टिङ्ग क्लव सिन्धुली र पथरी फुटबल क्लब मोरङ्गबीच हुने खेल तालिकामा उल्लेख गरिएकोछ ।
खेलको बिजेताले नगद १ लाख १ हजार र उपिजेताले ५१ हजार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । गोल्डकप सम्पन्न गर्नको लागि आर्थिक संकलनलाई तिब्रता दिएको छ भने अहिलेसम्म स्वदेश तथा विदेशबाट १५ लाख बढि आर्थिक संकलन भएको आर्थिक संयोजक दिपक शेर्माले बताएका छन ।

