गोविन लवागुन डुडामारी (शिवसताक्षी), १० मंसिर–भोलि शनिबारबाट आयोजना हुने प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
शिबसताक्षी–७ फाक्तेप फुटबल क्बलको आयोजनामा भोलि मंसिर ११ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
जसअन्तर्गत पथरी फुटबल क्लब मोरङ, दुधौली स्पोटिङ क्लब सिन्धुली, जलथल फुटबल क्बल झापा, रोयल स्पोटिङ क्लब दमक, माईभ्याली फुटबल क्लब इलाम, धरान सि टी फुटबल क्लब सुनसरी, फाक्तेप फुटबल क्लब आयोजक र तुर्केनी फुटबल क्लब काँकडभिट्टा रहेका छन् ।
भोलिको उद्घाटन खेल पथरी फुटबल क्लब र दुधौली स्पोर्टिङ क्लब बीच हुनेछ । उद्घाटन खेलको प्रमुख अतिथि एन्फाका वरिष्ट उपाध्यक्ष पंकज विक्रम नेम्बाङ रहने खेल संयोजक सन्तोष थेगिमले जानकारी दिए ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः १ लाख १ हजार र ५१ हजार ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यस्तैगरी म्यान अफ द सिरिज र हाइस्कोरले नगद रु ५ हजार र ट्रफी हजार, उत्कृष्ट फरवर्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्सले नगद रु ३ हजार र ट्रफी प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफद द म्याचले २ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।
