दमक, ११ मंसिर–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको खेल मैदानमा आजदेखि आयोजना हुने प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को भब्य समारोहबीच उद्घाट हुने भएको छ ।
स्थानीय फाक्तेप फुटबल क्बलको आयोजनामा गोल्डकपको उद्घाटन एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले गर्नुहुने भएको छ । उदघाटन खेलमा पथरी फुटबल क्लब मोरङ, दुधौली स्पोटिङ क्लब सिन्धुलीबीच हुने प्रचार प्रसार विभाग प्रमुख एबम् पत्रकार गोविन ल्वागुनले जानकारी दिए ।
पत्रकार ल्वागुनका अनुसार आज मंसिर ११ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् । सो अन्तर्गत पथरी फुटबल क्लब मोरङ, दुधौली स्पोटिङ क्लब सिन्धुली, जलथल फुटबल क्बल झापा, रोयल स्पोटिङ क्लब दमक, माईभ्याली फुटबल क्लब इलाम, धरान सि टी फुटबल क्लब सुनसरी, फाक्तेप फुटबल क्लब आयोजक र तुर्केनी फुटबल क्लब काँकडभिट्टा रहेका छन् ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः १ लाख १ हजार र ५१ हजार ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यस्तैगरी, म्यान अफ द सिरिज र हाइस्कोरले नगद रु ५ हजार र ट्रफी हजार, उत्कृष्ट फरवर्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्सले नगद रु ३ हजार र ट्रफी प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफद द म्याचले २ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।
