केर्खा (कमल), ११ मंसिर–झापाको कमल गाउँपालिका वडा नं ६ मा यूवा समूह कमल-६ को आयोजना तथा ढुकढुकी युवा क्लब कमल-६ को सहयोगमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रक्तदान नै जीवनदान भन्ने मुल नाराको साथ भएको उक्त कार्यक्रममा रगत संकलनमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटस् उपशाखा दमकले गरेको थियो । कमल गाउँपालिका वडा नं। ६, लखनपुर चौकमा आयोजित रक्तदान कार्यक्रममा ३० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।

समूहका अध्यक्ष सुमन वस्तीले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।

यस्तै, कारितास नेपालका कार्यक्रम संयोजक गोविन्द कट्टेलले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *