धरमपुर (शिबसताक्षी), ११ मंसिर–नेकपा (माओवादी केन्द्र) शिवसताक्षी नगर कमिटीको अध्यक्षमा महेन्द्र भट्टराई सर्वसम्मत चयन भएका छन् । शनिबार दूधेमा भएको प्रथम नगर अधिवेशनबाट भट्टराई सर्वसम्मत चयन भएका हुन् ।
सो कमिटीको उपाध्यक्षमा प्रेम एम्फु राई, कचली ताजपुरिया, गणेश बजगाई चयन भएका छन् ।
त्यसैगरी, नगर कमिटीको सह सचिवमा भुवन सेन्दाङ सर्वसम्मत चयन भएका छन् । अधिवेशनले ६२ जना नगर सदस्य सर्वसम्मत चयन गरेको छ ।
सचिवमा तीन जना आकांक्षी देखिएपछि सर्वसम्मत सकेन । जसको आकांक्षी भरत नविन राई, संजय राई र राजु दर्नाल रहेका छन् ।
