दमक, १२ मंसिर–झापाको शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्ड कपको आइतबार भएको खेलमा जलथल फुटबल क्लब विजयी भएको छ । रोयल क्लवलाई शुन्यको विरुद्ध २ गोल गर्दै जलथलले विजय हात पारेको हो ।
खेलको २३ औं मिनेटमा विजयी टीमका श्याम मुर्मुले पहिलो गोल गरेका थिए । खेलको ५७ औं मिनेटमा पराजिट टीम रोयलका रोशन धिमाल रेड कार्ड पाएर बाहिए पछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो ।
कडा प्रतिष्पर्धाकाबीच खेलको अन्तिम थप समयको सदुपयोग गर्दै विजयी टीमका राजकुमार कन्दवाले अर्को गोल थपेका थिए ।
खेलमा विजयी टीमका राजकुमार कन्दवा म्यान अफ द म्याच घोषित भएका छन् । उनले नगद ३ हजार हात पारे ।
भोली सोमबार माइभेली फुटवल क्लव इलाम र धरान सिटी फुटवल क्वल सुनसरीबीच खेल हुने आयोजक समितिले जनाएको छ ।
खेलको विजेताले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार नगद सहित ट्रफी हात पार्ने छन् ।
