सौराहा, १३ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुनः अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् ।
सोमबार बिहान सौराहास्थित होटेल सेभेन स्टारमा स्थापित केन्द्रीय निर्वाचन कार्यालयमा आएर उनले उमेदवारी दर्ता गराएका हुन् ।
यसअघि, उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका थिए ।
चितवनमा जारी एमालेको १०औँ महाधिवेशनअन्तर्गत सोमबार बिहादेखि चुनावी प्रक्रिया सुरु भएको हो ।
