चितवन, १३ मंसिर–नेकपा (एमाले) का अध्यक्ष पदका लागि भीम रावलले उमेदवारी दर्ता गरेका छन् । उनले अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

उपाध्यक्षमा बस्न ओलीले गरेको आग्रह अस्वीकार गरेका रावलले अध्यक्षमा उमेदवारी दिएका हुन् । उनको उमेदवारीसँगै अध्यक्षमा सर्वसम्मत हुने ओलीको चाहना पूरा हुन सकेन ।

यसअघि ओलीले रावललाई सम्झाउन नसकिएको बताएका थिए । “उपाध्यक्ष बस्नु भनेँ, अध्यक्षमा लड्ने भन्नु’भो । सम्झाउन सकिएन । उपाध्यक्ष भएर काम गर्न आदेश दिएँ । मानिरहनु भएको छैन । उमेदवारी नदिन आग्रह गर्छौं,“ ओलीले भनेका थिए ।

जवाफमा रावलले आफू अब फर्कने अवस्थामा नरहेको बताएका थिए । आफू धेरै अघि बढिसकेकाले फर्किने अवस्था नरहेको उनले बताएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *