सौराहा, १३ मंसिर–नेकपा (एमाले) का नेता घनश्याम भुसालले उपाध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् ।

यस्तै, नेता भीम आचार्यले सचिव पदका लागि उमेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको पदाधिकारीको सूचीमा भुसाल र आचार्यको नाम नपरेपछि उनीहरूले उमेदवारी दर्ता गराएका हुन् ।

कोरोना संक्रमणपछि अस्पताल बसेर फर्किएका आचार्य आफैँ आएर उमेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ ।

एमालेको नवौँ महाधिवेशनमा भुसाल उपमहासचिवमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए । आचार्यले सचिवमा चुनाव जितेका थिए ।

यसअघि, नेता भीम रावलले अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका थिए ।

चितवनमा जारी एमालेको १०औँ महाधिवेशनअन्तर्गत सोमबार बिहादेखि चुनावी प्रक्रिया सुरु भएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *