डुडामारी, १३ मंसिर–झापाको शिबसताक्षी–७ फाक्तेपमा जारी ‘प्रथम एनी फाक्तेप गोल्डकप २०७८’ को आज तेस्रो दिन (सोमबार) को खेलमा माइभ्याली फुटबल क्लब इलाम र धरान सिटी फुटबल क्लबबीच प्रतिस्र्धा हुने भएको छ । हिजो

फाक्तेप फुटबल क्बलको आयोजनामा आज मंसिर ११ गतेदेखि सुरु भएको प्रथम एनी फाक्तेप गोल्डकप १८ गतेसम्म सञ्चालन हुने छ । सो गोल्ड कप प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

शिवताक्षी –७ को बाल सेवा स्कुलको खेल मैदानमा २ बजेबाट सुरु हुने प्रतियोगितामा दर्शकहरुलाई प्रवेशमा निःशुल्क व्यवस्था गरिएको छ ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः १ लाख १ हजार र ५१ हजार ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यस्तैगरी म्यान अफ द सिरिज र हाइस्कोरले नगद रु ५ हजार र ट्रफी हजार, उत्कृष्ट फरवर्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्सले नगद रु ३ हजार र ट्रफी प्राप्त गर्नेछन् । खेलको म्यान अफ द म्याचले २ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *