डुडामारी (शिबसताक्षी), १३ मंसिर–पूर्वको चर्चित धरान सिटी फुटबल क्लब झापाको शिवसताक्षी ७ मा जारी ‘प्रथम एनी फाक्तेप गोल्डकप’को सेमीफाइनलमा प्रवेश गरेको छ ।

सोमबार, फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको खेल मैदानमा सम्पन्न खेलमा इलामको माईभ्याली फुटबल क्लबलाई ट्राइबेकरमा २ का विरुद्ध ४ गोलले पराजित गर्दै धरान विजयी भएको हो ।

खेलको निर्धारित समयमा दुवै तर्फबाट २–२ गोलको बाराबरी भएपछि खेल ट्राइब्रेकरबाट छिनो फानो भएको हो । खेलको ५६औं मिनेटमा माइ भ्याली फुटबल क्लब इलामका जर्सी नम्बर १० का विक्रम राईले गोल गर्दै टिमलाई अग्रता दिलाए पुनः इलामका जर्सी नम्बर १९ का छिरिङ शेर्पाले ७४औं मिनेटमा गोल गर्दै गोल अग्रता दोब्बर बनाए ।

धरानका खेलाडीहरु लयमा फर्किएपछि जर्सी नंबर ११का विनोद राईले १ गोल गर्दै गोल दूरी घटाए । निकै प्रस्पिर्धात्मक खेलमा पुन इन्जुरी समयमा धरानका जर्सी नम्बर १६ का विवेक राईले दोस्रो गोल गर्दै खेल बराबरीमा ।

माइ भ्याली फुटबल क्लब इलामका खेलाडीहरु सम्हाल्न नसक्दा ट्राइबे्रकरबाट हार बेहोर्नु पर्यो ।

भोलि (मंगलबार) को खेल आयोजक फाक्तेप फुटबल क्लब र तुरर्केनी फूटबल क्लब काँकडिभिट्टाबीच हुने आयोजक प्रथम एनी फाक्तेप फुटबल क्लबका प्रचार विभाग प्रमुख पत्रकार गोविन ल्वागुनले जानकारी दिएका छन् ।

आज सम्पन्न खेलको म्यान अफ दि म्याच धरान सिटी फुटबल क्लबका जर्सी नम्बर ११का विनोद राई घोषीत भए । राईले नगद ३ हजार हात पारे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *