दमक, १३ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मंसिर २० गते शुक्रबार झापाको दमकसहित प्रदेश १ को विभिन्न जिल्लाको विभिन्न कार्यक्रममा सहभागि हुन आउने भएका छन् ।

पार्टी सम्बद्ध नेपाल समाजवादी खेलकुद महासंघ प्रदेश १ को प्रथम ऐतिहासिक भेलामा सहभागि हुन पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल दमक आउने भएका हुन् ।

दमकस्थित कस्मिक पार्टी प्यालेसमा सम्पन्न हुने समाजवादी खेलकुद महासंघको प्रदेश स्तरीय भेलामा अध्यक्ष माधवकुमार नेपालसहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई, प्रदेश कमिटीका अध्यक्ष, प्रदेश इन्चार्ज र केन्द्रीय सदस्यहरुले सम्बोधन गर्ने छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी झापाका इन्चार्ज इन्द्रबहादुर बुडाथोकीका अनुसार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको दमकसहति प्रदेश १ को विभिन्न जिल्लाको कार्यक्रममा सहभागि हुन २० गते आउने कार्यक्रम तय भएको छ ।

कार्यक्रमलाई वृहत बनाउन नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले व्यवस्थापकीय जिम्मेवारी पाएको र त्यसलाई पुरा गर्न नगर कमिटीले दमकमा उपलब्ध भएका उपल्लो कमिटीका नेताहरुको उपस्थितिमा बैठक बसेर जिम्मेवारी बाँडफाँड गरिएको अध्यक्ष महेश घिमिरेले जानकारी दिए ।

अध्यक्ष घिमिरेका अनुसार प्रचार–प्रसार समितिको संयोजकमा जिल्ला कमिटी सदस्य टीकाराम प्रसाई, आर्थिक समितिको संयोजकमा प्रदेश कमिटी सदस्य केन्द्र प्रसाई, स्वयसेवक समितिको संयोजकमा अखिल फोर्सका केन्द्रीय उपाध्यक्ष तथा दमक बहुमुखी क्याम्पसका स्ववियु कार्यवाहक सभापति रोशन भण्डारी, सहसंयोजकमा युवा संघ जिल्ला कमिटी उपाध्यक्ष प्रवल भण्डारी, विद्यार्थी नतो मदन गुरुङ लगायत छन् ।

त्यस्तैं, आगामी बैठकले थप समितिहरु गठन गरेर जिम्मेवारी प्रदान गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।

छलफलमा पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज इन्द्रबाहदुर बुडाथोकी, केन्द्रीय सदस्य पुष्प पोख्रेल, केन्द्रीय सदस्यत तथा जिल्ला कमिटिी झापाका सचिव निलमणी बराल, जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, उपसचिव मणी भण्डारी, प्रदेश कमिटी सदस्य केन्द्र प्रसाई, जिल्ला कमिटी सदस्य टीका प्रसाई, तीर्थ नेपाल, कमल कटुवाल, हरि नेपाल लगायतको सहभागि थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *