काठमाडौं, १४ मंसिर–जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्‌ अध्यक्ष डा बाबुराम भट्टराईले दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई दिएका छन् । उनले ओली र उनको टिमलाई बधाई दिएका हुन् ।

मंगलबार साँझ ट्विटरमार्फत उनले विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने कामना गरेका छन् ।

‘नेकपा एमाले महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र उहाँको टिमलाई हार्दिक बधाई ! विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना १,ू उनले भनेका छन् ।

मंगलबार सम्पन्न १०औँ महाधिवेशनबाट ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *