शिबगञ्ज, १५ मंसिर–झापाको शिबसताक्षीमा लो्कसेवा परिक्षाको पूर्वतयारी सम्बन्धी कक्षा सञ्चालन हुने भएको छ । शिबगञ्जस्थित शिबसताक्षी–६ को वडा कार्यालयले वडाभित्रका इन्चुक युवा युवतीहरुका लागि लोकसेवा परिक्षाका पूर्व तयारी सम्बन्धी कक्षा सञ्चालन गर्ने भएको हो ।
वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार जिल्लामै पहिलो पटक शिबसताक्षी ६ वडा कार्यालय शिबगञ्जले यस्तो कार्यक्रम सञ्चालन गरिरहेको छ । वहाँको अनुसार गत वर्षदेखि वडा कार्यालयले लोकसेवा परिक्षाको पुर्वतयराी सम्बन्धी कक्षा सञ्चालन गरिरहेको बताए ।
अध्यक्ष कार्कीले यस कक्षामा वडाको स्थाई वसोबास भएको प्रमाणपत्र भएको र न्यूनतम एसएलसी वा एसईई उर्तिण भएको पमाणपत्र माग गरेको छ । त्यस्तैं, पुरुषको हकमा १८ वर्ष पुरा भएर ३५ वर्ष ननाघेका र महिलाको हकमा १८ वर्ष पुरा गरेर ४० वर्ष ननाघेका हुनुपर्ने छ ।
गतवर्षको लोकसेवा परिक्षाको पूर्वतयारी सम्बन्धी कक्षाको प्रभावकारिताले यसवर्ष पनि सोही कक्षा सञ्चालन गर्ने योजना वडा कार्यालयले गरेको हो, अध्यक्ष कार्कीले हाम्रोसरोकारसँगको कुराकानीमा भने । आगामी २० गतेभित्रमा इच्छुक वडावासी युवायुवतीहरुले तोकिएको सवै कागजहरु सहित वडा कार्यालयमा उपस्थित भएर आफ्नो दस्तखतको निवेदन दिनुपर्ने वडा अध्यक्ष कार्कीले जानकारी गराए ।
वडा कार्यालयले लोकसेवा परिक्षा पूर्वतयारी सम्बन्धी सहभागिताको लागि सार्वजनिक सुचना समेत प्रकाशन गरिसकेको छ । अध्यक्ष कार्कीका अनुसार शिबसताक्षी नगरपालिकाको चालु आर्थिक वर्ष २०७८।८९ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम वडा कार्यालय शिबगञ्जले वडास्तरीय योजना तथा कार्यक्रम मध्ये सामाजिक विकास तर्फको लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको हो ।
अध्यक्ष कार्कीले शिक्षिक युवायुवतीहरु बेरोजगार भएर बसिरहेको कारण यस्तो कार्यक्रम मार्फत सहजिकरण गर्न सकिने भएकोले लोकसेवा परिक्षा पुर्वतयारीका कक्षा आयोजना गरिएको बताए ।
