शिबसताक्षी, १५ मंंसिर–झापाको शिवसताक्षी-७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकपको फाइनलमा धरान सिटी फुटबल क्लब सुनसरी प्रवेश गरेको छ ।
बुधबार फाक्तेपस्थित बालसेवा आधारभुत बिद्यालयको खेल मैदानमा भएको प्रथम सेमिफाइनल खेलमा पथरी स्पोर्टिङ क्लब मोरङलाई १ गोलको बिरुद्ध २ गोल गर्दै धरान सिटी फुटबल क्लब सुनसरीले फाइनलको यात्रा तय गरेको हो ।
खेलको २४औं मिनेटमा पथरीका युकेश तामाङले गोलको खाता खोलेका थिए । निक्कै प्रस्पिर्धातक खेलमा धरानका तर्फबाट मन्दिप राईले ३२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
दुवै टिमले राम्रा अवसरहरु प्राप्त गरिरहेका थिए । यत्तिकैमा खेलको ६८ आंै मिनेटमा धरान सिटीका बिबेक राईले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै धरानलाई विजयी गराए ।
आजको खेलको म्यान अफ द म्याच धरान सिटीका विवेक राई घोषित भए । भोलिको दोस्रो सेमिफाइनल खेल तुर्केनी युथ क्लब काँकडभिटा र जलथल एफ.सी. हल्दीबारीबीच हुने आयोजक समितिका प्रचार-प्रसार विभाग प्रमुख पत्रकार गोविन ल्वागुनले जानकारी गराएका छन् ।
