गोविन ल्वागुन/डुडामारी, १५ मंसिर–प्रथम एनी फाक्तेप गोल्डकपको अवसर पारेर फाक्तेपमा बुधबार पुर्ब फुटबल खेलाडीहलाई सम्मान गरेको छ ।
क्लबले फुटबलको क्षेत्रबाट फाक्तेपलाई बिभिन्न जिल्लाहरुमा परिचित गराउन महत्वपुर्ण भुमिका खेलेको भन्दै क्लबले नगद सहित सम्मान पत्रद्धारा सम्मान गरेको क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङले बताए ।
सम्मानित हुनेमा स्थानीय बुद्धिबल शेर्मा लगायत अन्य ५ जना रहेका छन । जसमा त्रिभुवन आर्मी क्लबका पुर्ब खेलाडी स्थानीय सन्तोष नेपाली, नेपाल पुलीस क्लबका पुर्ब खेलाडी राजु बुडाथोकी, स्थानीय लोक सम्बाहाम्फे, देउमान सम्बाहम्फे र भिम खड्का रहेका छन ।
उनहरुलाई सम्मान पत्रद्धारा सम्मानित गरिएको छ भने बुद्धिबल शेर्मालाई नगद पाँचहजर सहित एक थान ट्रयाक सुट र सम्मान-पत्रले सम्मानित गरिएको क्लबका सचिब सन्तोष शेर्माले बताए ।
