दमक, १५ मंसिर–नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल नेपाल खेलकुद महासघ जिल्ला कमिटी झापा गठन गरिएको छ । आज विर्तामोडमा आयोजित एक कार्यक्रमबीच अखिल नेपाल खेलकुद महासंघ जिल्ला कमिटी गठन गरिएको हो ।
नवगठित कमिटीको संयोजकमा राजु दर्नाल, सहसंयोजकमा दुर्गा नेम्बाङ छन् । दर्नाल धरमपुर निवासी हुन् । नेम्बाङ नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटीका सचिवालय सदस्य हुन् । उनी पार्टी सम्बद्ध चलचित्र निर्माता तथा कलाकार संघका केन्द्रीय नेता हुन् । पार्टी जिल्ला कमिटीका सहइन्चार्ज तथा झापा क्षेत्र नं ४ (क) का प्रदेश सांसद झलकसिंह दर्लामीका स्वकीय सचिव समेत रहेका नेम्बाङ पार्टीका सक्रिय नेता हुन् ।
कमिटीमा ४९ सदस्यीय रहेको खेलकुद महासंघ जिल्ला कमिटी गठन भएको नवगठित कमिटीका सहसंयोजक दुर्गा नेम्बाङले जानकारी दिए ।
सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एबम् जिल्ला कमिटी इन्चार्ज समेत रहनुभएका पूर्वमन्त्री धर्मशिला चापागाईको प्रमुख उपस्थिति रहेको थियो । प्रतिनिधिसभाकी सदस्य समेत रहनुभएका नेत्री चापागाईले नवगठित कमिटीका पदाधिकारी र सदस्यहरुलाई बधाई तथा कार्याकालको शुभकामना व्यक्त गरेका थिइन् ।
त्यस्तैं, सो कार्यक्रममा पार्टीका प्रदेश १ कमिटीका सदस्य तथा फ्याक्सन इन्चार्ज राजु आचार्य, प्रदेश कमिटी सदस्य ज्योतीसिंह दर्लामी, वाइसियल झापाका संयोजक दधिराम रिमाल, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा पूर्व झापा इन्चार्ज हेम झापाली, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मदन खड्का लगायतको उपस्थिति थियो ।

