दमक, १५ मंसिर–इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै माङसेबुङ खेलकुद विकास समिति फाइनल प्रवेश गरेको छ ।
निर्धारित समयमा १–१ गोल गर्दै बराबरी खेलको माङसेबुङले ट्राइबेकरमा नतिजा आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।
खेलमा पहिलो हाफको थप समयमा माङसेबुङको तर्फबाट जर्सी नं। ७ का प्रविण राईले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो ।
५३ औं मिनेटमा फिदिमका लागि सुमन लिम्बुले गोल गर्दै नतिजा बराबरी बनाएका थिए । निर्धारित समयमा नतिजा बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।’
खेलको म्यान अफ दि म्याच माङसेबुङका जर्सी नंं ७ प्रविण राईले प्राप्त गरे । उनलाई नगर ५ हजार सहित प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत भोलिको अन्तिम सेमिफाइनल खेल श्रीजङ्गा स्पोर्टिङ क्लब मोरङ र भाङबारी फुटबल क्लब दमकबीच हुने समितिका सचिव सरिता राईले बताइन् ।
प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने समारोह खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।
प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।
अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, गोधुली क्लब धरान सुनसरी, फिदिम स्र्पोटिङ क्लब पाँचथर, झापा–११ झापा, बीबीएफसी दमक झापा, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र श्रीजङ्गा स्पोर्टिङ क्बल मोरङको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।
