दमक, १५ मंसिर–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा एमालेसंग खरो प्रतिस्पर्धा गरेर चर्चामा आएका नेपाली कांग्रेस झापाका युवा नेता हुकुमसिंह राईले प्रदेश अधिवेशनमा उम्मेदवारी दिने निश्चित भएको छ ।

कमल गाउँपालिकाको अध्यक्ष पदमा एमाले नेतृ मेनुका काफलेसंग ९८२७५/८२७५ ० बराबर मत ल्याएका उनी गोलाप्रथाबाट बाहिरिएका थिए ।

कांग्रेस झापाको राजनीतिमा स्थापित भएका राईप्रति झापाली कांग्रेस नेता, कार्यकर्ताहरुले देखाएको सदासयता र विश्वासकै कारण हालै सम्पन्न क्षेत्रीय अधिवेशनमा झापाको क्षेत्र नं ५ मा सर्वाधिक मत पाएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि उनी प्रदेशमा पार्टीको नेतृत्वका लागि आकर्षित भएका हुन । उनले यस क्षेत्रमा ४५२ मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।

यही मसिंर १८ गते हुने कांग्रेसको प्रदेश अधिवेशनमा उनले आदिवासी जनजाती कोटाबाट १ नम्बर प्रदेश सदस्यमा उम्मेदवारी दिने निधो भएको जनाइएको छ । आज बुधबार विराटनगरमा झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर लगायत १४ जिल्लाका कांग्रेस नेताहरुसंगको छलफलपछि उनको उम्मेदवारीको बिषय टुंगो लागेको हो ।

युवा पुस्ताको साथ र पाकाहरुको आशिर्वादलाई सर्वोपरी ठानेर कांग्रेस राजनीतिमा सक्रिय बन्दै आएका नेता राईले नेपाली राजनीतिलाई सही बाटोमा दिशा निर्देश गर्न आफनो उम्मेदवारी रहेको बताएका छन ।

नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनले राजनीतिसंगै सामाजिक क्षेत्रमा पनि उदाहरणीय कामहरु गरेर सर्वसाधारण नागरिकको मन जित्न सफल हुँदै आएका छन ।

राईको नेतृत्वमा स्थापना भएको सगुन युवा क्लब प्रदेश एकमा नै सबैभन्दा ठुलो राशीको राष्ट्रियस्तरको भलिबल प्रतियोगिता सञ्चालन गर्ने क्लबका रुपमा परिचित छ ।

राजनीति र सामाजिक सेवाको क्षेत्रलाई संगसंगै लैजानु आवश्यक ठान्ने गरेका राई भन्छन–’युवा पुस्तामा राजनीतिप्रति एकदमै धेरै वितृष्णा छ कतिपय विचारबिहिन र लक्ष्यहीन समुहले आफनो निहित स्वार्थका लागि बदनाम गर्ने चेष्टा गरिरहेका छन, राजनीतिक संस्कार र शैलीमा परिवर्तन ल्याउन आवश्यक छ ।’ उनी भन्छन–’राजनीति समाजसेवाको एउटा माध्यम मात्रै नभएर राष्ट्रियता र लोकतन्त्रका निम्ती अनिवार्य तत्व हो ।’

राजनीति भनेको सत्तारोहणको माध्यम मात्रै बन्नु हुँदैन जस्तो सुकै परिस्थितिमा पनि राजनीति जनतामा जोडिनु पर्छ भन्ने मान्यता राख्दै आएका राई अगाडी भन्छन–’जनताको आशा र विश्वास टुटन नदिने वाचासहितको राजनीति हुनुपर्छ ।’ उनी एकताका कांग्रेसमा सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधि पनि बनेका थिए ।

कांग्रेस झापाको तत्कालिन जिल्ला सदस्य समेत रहेका उनले संघीय संरचनाको कार्यान्वयनमा महत्वपूर्ण मानिएको प्रदेश अधिवेशनमा आफनो उम्मेदवारी आदिवासी जनजाती कोटाबाट प्रदेश कार्यसमितिमा रहेको भन्दै सहयोगका लागि नेता-कार्यकर्ताहरुसंग अपिल गरेका छन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *