धरमपुर (शिबसताक्षी), १५ मंसिर–स्थानीय स्रोत र साधनको प्रयोग गर्दै सामाजिक सेवामा काम गर्ने उदेश्यसहित स्थापना भएको धरमपुर युवा समाजले आज झापाको शिबसताक्षी–३ का शारिरिक अशक्त भएका एक जनालाई व्हिलचियर हस्तान्त्रण गरेको छ ।

सवारी दुर्घट्नामा परेर कम्बरमुनीको भाग नचल्ने भएपछि आफ्नै घरैको कोठाभित्र थलिएका ४४ वर्षिय बाबुराम थापालाई धरमपुर युवा समाजले एक थान व्हिलचियर हस्तान्त्रण गरेको हो ।

संस्थाका अध्यक्ष अर्जुन चाम्लिङ राईका अनुसार कमजोर आर्थिक अवस्थासँगै थलिएका बाबुराम थापालाई एक थान व्हिलचियर हस्तान्त्रण गरिएको हो । सो व्हिलचियर संस्थाले पीडित थापाको घरैमा एक कार्यक्रमको आयोजना गरेर हस्तान्त्रण गरेको अध्यक्ष राईले बताए ।

संस्थाकी कोषाध्यक्ष माया सापकोटाले सञ्चालन गरेको व्हिलचियर हस्तान्त्रण कार्यक्रममा नगर सभा सदस्य निर्मला न्यौपाने, संस्थाका सदस्य चन्द्र लावोती, आकाश राई, रमेश बजगाई र लासाङ तामाङको सहभागिता रहेको थियो ।

पाँचथरबाट झापा आउदैगर्दा सवारी दुर्घट्नामा परेर थापा सख्त घाइते भएका थिए । पछिल्लो दुई महिनादेखि यता थापाको स्वास्थ्यमा समस्या भएर ओच्छ्यानमा थलिएका छन् ।

कम्बरमुनीको भाग नचलेपछि उनी घरैभित्र घिस्रिएर आवत जावत गर्छन् । उनलाई दिसा र पिसावसमेत गर्न समेत अरुको भर पर्नुपर्ने अवस्था रहेको धरमपुर युवा समाजका अध्यक्ष राईले जानकारी गराए ।

संस्थाले यसअघि कमजोर आर्थिक अवस्थाका बिरामी वा पीडितहरुलाई आर्थिक तथा अन्य सामाग्रीहरु सहयोग हस्तान्त्रण गर्दै आइरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *