बिर्तामोड, १६ मंसिर–नेकपा (एकिकृत समाजवादी) झापाको मंसीर २० गते जिल्ला पार्टी कार्यालय उद्घाटन हुने भएको छ ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले झापाको बिर्तामोडमा रहेको पार्टी कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको झापा जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीले बताउनु भयो ।
पार्टी कार्यालय उद्घाटनपछि दमकमा हुने खेलकुद महासंघको प्रदेश भेलालाई अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको खेलकुद महासंघका १ न प्रदेश इन्चार्ज शंकर थापाले जानकारी दिनु भयो।
