धरमपुर (शिबसताक्षी), १८ मंसिर–झापाको शिबसताक्षी–१ को धरमपुर बजार व्यवस्थापन समितीले आज एक कार्यक्रमबीच आर्थिक बर्ष २०७७।७८ को आय–व्यय सार्वजनिक गरेको छ ।
धरमपुर चौकमा शनिबार विहान आयोजित कार्यक्रममा धरमपुर बजार व्यवस्थापन समितीले बजार व्यवस्थापनको विभिन्न शिर्षक लगायतमा खर्च र बुधबार लाग्ने साप्ताहिक हाँटकर, मिटरी कर वापतसहित नगरपालिकाबाट आम्दानीका विबरणहरु प्रस्तुत गरिएको थियो ।
बजार व्यवस्थापन समितिका अध्यक्ष एबम् स्थानीय सामाजिक अगुवा तथा व्यवसायी लिलाकुमार जोशीले कोभिडको कारण पछिल्लो समय बजार व्यवस्थानमा उत्पन्न समसयका कारण बजार सञ्चालन हुन नसकेको बताए ।
अध्यक्ष जोशीले बजार सञ्चालनको क्रममा बजार व्यवस्थापन समितिले विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै चौकको बसस्टेण्ड व्यवस्थापनका लागि सडक बिभाग, बजार व्यस्थापन सम्बन्धी रतुवामाई बृक्षारोपण आयोजनाको कार्यालयमा छलफल भएको रु बजार सञ्चालन हुर्दै आएको कार्यक्रममा स्मण गरेका थिए ।
अध्यक्ष जोशीले पाँच बर्ष अघि स्थापना गरिएको धरमपुर साप्ताहिक बजारलाई व्यवस्थित गर्दै लगिएको र चौक बजारमा क्षेत्रमा अब्यवस्थित टहरा, ढल, फोहोर व्यवस्थापन, सवारी पाकिङ, टहरा निर्माण-टहरा मर्मत लगायतका शिर्षकमा भएका प्रगती र त्यसको खर्चका विबरणहरुसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बजार व्यवस्थाप समितिका अध्यक्ष जोशीको अध्यक्षतामा र बजार व्यवस्थापन समितिका सचिव मोहन सेनचुउरीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रमलाई बजार व्यवस्थापन समितिका उपाध्यक्ष एबम् शिक्षक कुबेरधन रिजाल (केडी) ले स्वागत मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा शिबसताक्षी–१ का वडा सदस्य मनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बजार व्यवस्थापन समितिका सल्लाहकार एबम् धरमपुरका राजनीतिक अगुवा बुद्धिजिबी चन्द्रबीर नेम्बाङ, धरमपुर पेशा व्यवसायी संघका अध्यक्ष एबम् उद्यमी व्यवसायी पेमा लामा, पत्रकार अनिलदेब राईले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा धरमपुरका सामाजिक अगुवा नारायण थापा, नेत्र नेम्बाङ, माधब भण्डारी, मित्रलाल विश्वकर्म, कुमार शंकर, पृथ्बी बोहोरा, कवि तथा व्यवसायी निहाङ किराती लगायत बजार व्यवस्थापन समितिका पदाधिकारीहरु, कार्यसमिति सदस्य र स्थानीय व्यवसायीहरुको उपस्थिती थियो ।

