दमक, १८ मंसिर–नेकपा (एकिकृत समाजवादी) ले झापाको कमल गाउँपालिकामा आज सम्पन्न भेलाद्वारा होमबहादुर बरालको अध्यक्षतामा कमल गाउँ कमिटी गठन भएको छ।

कमल गाउँपालिकाको पाडाजुङ्गीस्थित मंगलमय माध्यामिक विद्यालयमा आयोजित एकीकृत समाजवादीको भेलाले वरालको अध्यक्षतामा कमल गाउँ कमिटी गठन भएको हो ।

नवगठित कमिटीलाई पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी झापाका इन्चार्ज इन्द्रवहादुर बुढाथोकीले पद तथा गोपनियताको सफत ग्रहण गराएका थिए ।

सो अवसरमा नवगठित कमिटीका पदाधिकारी र सदस्यहरुलाई जिल्ला कमिटी सचिव मणी भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा दमक नगर कमिटी अध्यक्ष महेश घिमिरेको पनि सहभागिता थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *