दमक, १८ मंसिर–झापाको शिवसताक्षी–७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकपको उपाधि धरान सिटी फुटबल क्लबले हात पारेको छ ।

धरान सिटी क्लब सुन्सरीले तुर्केनी फुटबल क्लब काँकरभिट्टालाई ६–७ गोल अन्तरले सडनडेथमा उपाधि हात पारेको होे ।

फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको खेल मैदानमा आज सम्पन्न खेलमा काँकडभिट्टाका तर्फबाट खेलको पहिलो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी योमीले दिएको पासलाई मिलन राईले गोलमा परिणत थिए ।

त्यस्तै, खेलको ४५ औं मिनेटमा धरानका डिफेन्डर जिसोन लिम्बुले काँकडभिट्टाका योमीलाई डिवक्समा फउल गरेपछि पाएको पेनाल्टीमा पुनः क्याप्टेन मिलन राईले गोल थप्न सफल भए ।

यसैगरी, धरानका तर्फबाट खेलको २४ औं मिनेटमा विवेक राईले डिबक्स बाहिरबाट गरेको सुन्दर प्रहार गोलमा परिणत भएको थियो ।

यस्तै, अर्को गोल धरानकै विनोद राईले २५ औं मिनेटमा गोल गरे । निर्धारित ८० मिनेटको समयमा दुवैतर्फबाट आक्रमक खेल खेलेको भएपनि दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

ट्राइब्रेकरमा दुवै टिमले ५९५ गोल गरेको अवस्थामा खेलको नतिजा निस्कन नकसेपछि खेल सडनडेथतर्फ धकेलिएको थियो ।

सडनडेथमा काँकडभिटाका सुवास लिम्बु गोल गर्नबाट चुकेपछि काँकडभिट्टाले हार व्यहोर्दै दोस्रो हुन बाध्य भएको थियो ।

विजेता टिमले नगद १ लाख १ हजार प्राप्त गर्यो भने उपविजेताले नगद ५१ हजार मेडल र ट्रफी प्राप्त गर्यो । खेलको म्यान अफ दि म्याच विजेता टिमका जर्सी नम्बर १४ का वर्तमान राई घोषित भए ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर धरानका आशिष कार्की भए, बेष्ट डिफेन्स काँकडभिट्टाका विशाल दर्जी, बेष्ट मिडफिल्डर धरानका विवेक राई र बेष्ट स्ट्राइकर काकडभिट्टाका इन्द्रहाङ्ग लिम्बु घोषित भए ।

यस्तैगरी, राइजिगङ खेलाडी आयोजक टिमका हेमन लिम्बु घोषित भए । उनले नगद ७ हजार प्राप्त गरे भने अन्यले नगद तीन-तीन हजारसहित मेडल र ट्रफी प्राप्त गरेका खेल संयोजक सन्तोष थेगिमले जानकारी दिए ।

त्यस्तै, काकडभिट्टाका मिलन राई सर्वाधिक गोलकर्ता घोषित भए उनले प्रतियोगिता अवधिभरमा ४ गोल गर्न सफल भएका थिए ।

यस्तै, प्लेयर अफ दि टुर्नामेन्ट धरानका जर्सी नम्बर १७ का बिष्णु सुनुवार घोषित हुँदै नगद ७ हजार नगदसहित प्रमाण-पत्र प्राप्त गरेका थिए ।

पुरस्कृत खेलाडीहरुलाई फाक्तेप फूटबल क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङ, गोल्डकपलाई प्रथम पुरस्कार सौजन्य गर्नुहुने एनी ब्राण्ड कम्पनीका सञ्चालक सन्तोष थोप्रा, वडा अध्यक्ष नविन इजम, प्रतियोगिता खेल संयोजक सन्तोष थेगिम, प्रचार प्रसार विभाग प्रमुख पत्रकार गोविन ल्वागुन, आर्थिक विभाग उपसमितिका सहसंयोजक अनिल लिम्बू, भानु माध्यमिक विद्यालयका प्रअ डामबहादुर कुवँर, बालसेवा आभारभूत विद्यालयका प्रअ बेणु कार्की, शिक्षक फणिन्द्र चेम्जोङ, धनकुमार थेबे, रोशन थोप्रा, चित्र शेर्मा, काजीमान बुडाथोकी, डिके शेर्मा, सुबास आङदम्बे, निकेष खत्री लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसअघि, प्रथम एनी गोल्डकपको समापन समारोहको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल खेलकुद महासंघ प्रदेश १ का अध्यक्ष शंकर थापा, शिबसताक्षी–७ का वडा अध्यक्ष नबिन इजम लगायतको उपस्थिति थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *