गौरादह, १९ मंसिर–नेकपा (माओवादी केन्द्र) गौरादह नगरपालिकाको अध्यक्षमा डण्डीराज घिमिरे (विवेक) चयन भएका छन् । नगरको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माधव भट्टराई, उपाध्यक्षमा कुमार खतिवडा र सुलोचना राजवंशी सर्वसम्मत् चयन भएका छन् ।

त्यस्तै, सचिवमा शेरबहादुर कार्की, सहसचिवमा गणेश राजवंशी र कोषाध्यक्षमा पबित्रा शिवा सर्वसम्मत् चयन भएका छन् । नगर इन्चार्ज हुकुम नेपालीको अध्यक्षतामा भएको अधिवेशन प्रदेशसभा सदस्य तथा पार्टीका झापा सहइन्चार्ज झलकसिंह दर्लामीको प्रमुख आतिथ्य तथा पार्टीका झापा संयोजक मणिकुमार साम्पाङ ‘विजय’को विशेष आतिथ्य रहेको थियो ।

सोही कार्यक्रमकाविच सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ, जेलजीवन विताउनेलाई सम्मान समेत गरिएको थियो । उनीहरुले दोसल्ला ओढाएर सम्मान गरिएको बताइएको छ । त्यस्तै, सोही कार्यक्रमका विच नेत्रबहादुर खत्रीद्धारा लिखित साहित्यिक पुस्तक ‘साहित्यिक रचना भाग १’ विमोचन समेत गरिएको थियो । पुस्तकको चर्चा जिल्ला समन्वय समिति सदस्य डुण्डीराज घिमिरे ९विवेक० गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि दर्लामी, बिशेष अतिथि साम्पाङ, प्रदेश कमिटी सदस्य लक्ष्मी न्यौपाने ‘सरु’, राजु आचार्य ‘अग्नि’, गगन पुरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत पार्टीका जिल्ला समन्वय समिति सदस्य कुमार खतिवडाले गरेको कार्यक्रमको सञ्चालन माधव भट्टराईले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *