दमक, २२ मंसिर–नेपाली कांग्रेसको १४ औ महाधिबेशन नजिकिएपछि उम्मेदवारका आकांक्षी बढ्दै गएका छन् । उम्मेदवार बन्न चाहनेहरुले धमाधम आफना उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
यसैक्रममा झापाबाट पार्टी केन्द्रीय पदाधिकारीसहित सदस्यहरुमा उम्मेदवारी घोषणा गर्नेको संख्या एक दर्जन बढी भईसकेको छ । यसरी उम्मेदवार घोषणा गर्नेहरुमा पार्टी प्रवक्ता समेत रहेका मेचीनगर निवासी बिश्वप्रकाश शर्माले महामन्त्रीमा आफनो उम्मेदवार घोषणा गरिसकेका छन् ।
पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेहरुमा झापा क्षेत्र न ५ बाट मात्र आधा दर्जन पुगेका छन् ।
झापा, क्षेत्र न ५ बाट संघीय संसदकी सदस्य महेन्द्रकुमारी लिम्बू, शुरेस सुब्बा, मेदनीप्रसाद सिटौला, अमर बराईली, तुलसा पन्त, डा खगेन्द्रपाण्डव अधिकारी, अनिलकृष्ण प्रसाई, सत्यनारायण चौधरीलगायत छन्। ती मध्ये पन्त कमलकी, अधिकारी र प्रसाई गौरादहका हुन भने अन्य सवै दमकका हुन् ।
यसैगरि , कांग्रेस झापाका पूर्व सभापति शुधिरकुमार शिवाकोटी, उमा शिवाकोटी, शुसिला ढकाल लगायतले उम्मेदवार घोषणा गरिसकेका छन् ।
