नयाँदिल्ली, २२ मंसिर–भारतका भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ ।

रावतसहित उनको पत्नी मधुलिका र थप ११ जनाको निधन भएको हो । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा हेलिकोप्टरमा सवार १४ मध्ये १३ जनाको निधन भएको हो ।

दुर्घटनामा रावतसँगै उनकी पत्नीको पनि निधन भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ । दुर्घटनामा परेका एक सैन्य अधिकारीको उपचार जारी छ ।

उक्त हेलिकोप्टर दुर्घटनापछि रावतलाई अस्पताल भर्ना गरिएको थियो । त्यहीं उनको निधन भएको भारतीय एयर फोर्सले जनाएको छ । भारतीय सेनाको एमआई(१७ भी ५ हेलिकोप्टर बुधबार दुर्घटनामा परेको थियो ।

घना जंगलमा भएको यस दुर्घटनापछि आगो लागेको थियो । यसमा गम्भीर घाइते भएका रावतसहितलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

यो हेलिकोप्टरमा भारतीय रक्षा प्रमुख जनरल रावत र उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए । समाचार अनुसार अहिलेसम्म १४ मध्ये १३ जनाको ज्यान गएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *