अनिलदेब राई/दुधे, २२ मंसिर–खेतबारीबाट घरभित्र भित्र्याएको नयाँ अन्नलाई विधिवत रुपले पुजा गरेर खाने प्रचलन किराँत समुदायमा अहिलेपनि रहिआएको छ । प्राचिन समयदेखि रहिआएको यसै प्रचलनलाई किरात समुदायले मंसिरे पूर्णिमाको रुपमा मनाउदै आइरहकेो छ ।

मंसिरे पूर्णिमालाई लिम्बू समुदायले चासो तङनाम र राईहरुले साकेला उधौली भनेर मनाउने गरेका छन् । मंसिरे पूर्णिमालाई किराँत समुदायले मौलिक चाडँपर्वको रुपमा मनाउने गरेको छ । प्रकृतिपुजक किराँत समुदायले मंसिरे पूर्णिमामा आ–आफ्नो मुन्धुम अनुसार मनाउने गर्छन् ।

प्राचिन कालदेखि नै अन्नबाली पाकेपछि भित्र्याउनु अघि किराँत समुदायले इष्ट देवता र पितृहरुको पूजाआजा गरी नयाँ अन्नबाली अर्पण गर्ने प्रचलन रहेको छ ।

यहि, किराँत समुदायभित्रका लिम्बूहरुले चासोक तङनाम भन्छन् । चासोकको अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरा निङवाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गरिने चलन रहिआएको छ ।

यसवर्षको मंसिरे पूर्णिमा पुष ४ गते आइबार पर्छ । यसैदिन झापाको दुधेमा किराँत याक्थुम चुम्लुङ शिबसताक्षी नगर समितिले प्रदेश १ स्तरीय वृहत चासोक तङनाम मनाउने भएको छ ।

याक्थुम चुम्लुङ शिबसताक्षी नगर समितिले आज दुधेमा आयोजित पत्रकार भेटघाटमा मंसिरे पूर्णिमा अर्थात चासोक तङनाम मनाउने जानकारी गराएको छ । याक्थुम चुम्लुङले शिबसताक्षी-११ दुधेस्थित खेल मैदानमा चासोक तङनाम मनाउने भएको छ । यसै स्थानमा २०७३ सालदेखि चुम्लुङले चासोक तङनाम मनाउदै आएको छ । यसअघि, दुई पटकको चासोक तङनाम कोरोना भाइरस (कोभिड) को कारणले मनाउन सकेको थिएन ।

अघिल्ला बर्षहरु दुई दिनसम्म चासोक तङनाम मनाउने गरेपनि यसवर्ष महामारीको कारण एक दिन मात्रै मनाइने पत्रकार भेटघाटमा जानकारी गराएको छ । पत्रकार भेटघाटमा जारी प्रेष बिज्ञप्तीमा चासोक तङनामलाई भब्य रुपले मनाइने उल्लेख गरेको छ ।

याक्थुम चुम्लुङ शिबसताक्षी नगर अध्यक्ष वीरबल जबेगुद्वारा हस्ताक्षरित बिज्ञप्तीमा अघिल्ला वर्षहरु दुई पटक चासोक तङनाम मनाउन नसकिएको र यसवर्ष भब्य रुपले एक दिन मनाउने तयारीमा रहेको उल्लेख छ ।

कार्यक्रमलाई सम्पन्न गर्न आजै सम्पन्न बैठकले १९ वटा विषयगत समिति र उपसमितिहरु गठन गरिएको पत्रकार भेटघाटमा अध्यक्ष जबेगुले जानकारी गराउनुभएको छ । आर्थिक सहयोग व्यवस्थापन समितिको संयोजकमा सूर्य योङया, प्रचार प्रसार विभाग संयोजक सन्तोस थोप्रा, केलाङ व्यवस्थापन संयोजक डिल्ली फेम्बो, स्वयसेवक व्यवस्थापन संयोजकमा अभिषेक केदेम, कलाकार व्यवस्थापनमा सन्तोस थोप्रा, प्रसाद वितरण संयोजकमा कमला आङदम्बे, मञ्च सजिसजावटमा सुवेदार मेजर अम्बरसिंह आङदम्बे लाई जिम्मेवारी प्रदान गरिएको पत्रकारहरुलाई जानकारी गराइएको छ ।

त्यस्तैं, स्टल निर्माण संयोजकमा सोमिल राई, सेवा सवा तथा फेदाङ्वा व्यवस्थापन संयोजकमा दलबहादुर योङहाङ, सत्यहाङ्मा तर्फको पुजा व्यवस्थापनको संयोजकमा महेश्वर खेवा, सामान खरिदतर्फको संयोजकमा बिक्रम तुम्बापो, खेलकुद विभागतर्फको संयोजकमा किरण लिङदेन छन् ।

मौलिक घर निर्माणमा कलाकार बिक्रम वनेम फागो, साउण्ड सिस्ष्टतर्फ वीरबल जबेगु, मिडियो संयोजकमा कृष्णचन्द्र सेलिङ, यातायात व्यवस्थापन संयोजकमा शिशिर तुम्बापो, क्याटरिङतर्फको व्यवस्थापन संयोजकमा सोनाहाङ योङहाङ, स्थानीय कलाकार व्यवस्थापको संयोजकमा साजन फागो, गेट, स्टेज निर्माणतर्फको संयोजकमा रोशन थोप्रा र अतिथि सत्कारतर्फको संयोजकमा प्रवित्रा सुब्बालाई जिम्मेवारी प्रदान गरिएको पत्रकारहरुलाई जानकारी गराइएको छ ।

कार्यक्रमलाई किराँत लिम्बू समुदायको मौलिक भेष, भुषा, खानपान, खेलकुद सम्बन्धी धनु हान्ने र छेलो हान्ने प्रतियोगिता, केलाङ नृत्य, धान नाच, माङलाङ नृत्य, धामी (बिजुवा) फेदाङ्वा नृत्य र लिम्बू जातिका मौलिक खाना र स्वादहरुको प्रर्दशनी गरिनुका साथै बिक्रीका लागि स्टलमा राखिने अध्यक्ष वीरबल जबेगुले जानकारी दिनुभयो ।

यसवर्षको चासोक तङनाम कार्यक्रमको मुख्य आर्कषक चर्चित गायीका मेलिना राईको प्रस्तुती रहने भएको छ । गायिका रार्इंसहित चर्चित हास्यकलाकार भरतमणी पौडेल, सन्दिप श्रेत्री वा बिन्सन बिक्रम राई (तक्मे बुढा) मध्ये एक जना ल्याइने पत्रकार भेटघाटमा जानकारी गराइयो ।

कार्यक्रम सम्पन्न गर्न कुल ६ लाख खर्च हुने अनुमान छ । यी सवै खर्च प्रवासमा रहनुहुने आफ्नो भाषा, धर्म, कला र संस्कृती प्रेमीहरुको सहयोगमा जुटाउने तयारी गरेको छ । कार्यक्रममा सहयोगको निम्ति नगरपालिकाको कार्यालयमा समेत मान गरिएको छ, अध्यक्ष जबेगुले भने–नगरपालिकासँग कुरा भएनुसार रु ५ लाख उपलब्ध हुने सल्लाह भएको छ । यी सवैले पुगे या नपुगे अघिल्ला बर्षबाट बचत भएको बजेट समेत प्रयोग गरिने छ ।

पूर्वीपहाडी जिल्ला धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम र संखुवासभासहित झापा, मोरङ र सुनसरी लगायत छिमेकी देश भारतको दार्जिलिङ, सिकिम, आसाम र भुटानसम्मका लिम्बू समुदायको आगमन हुने पत्रकार भेटघाटमा जानकारी गराइयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *