काठमाडौं, २३ मंसिर–सत्तारूढ नेपाली कांग्रेसको बैंक खातामा १० करोड रुपैयाँभन्दा बढी बचत रहेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज (बिहीबार) दलको आर्थिक अवस्थाबारे जानकारी गराएका हुन् ।

बिहीबार सानेपामा बसेको केन्द्रीय कार्य समिति बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको आर्थिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । ‘तपाईंहरुलाई जानकारी गराऊँ, कांग्रेसको खातामा १० करोडभन्दा धेरै रकम सञ्चित रहेको छ’, शर्माले भने, ‘यो रकम महाधिवेशनमा खर्च भएर कति जोगिन्छ रु पछि हिसाब हुन्छ ।’

कांग्रेसले काठमाडौंमा शुक्रबारदेखि हुने महाधिवेशनमा करिब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुलाई छाकैपिच्छे मासु भात खुवाउने तयारी गरेको छ । कागजमा मतदान हुने भएकाले निर्वाचन लम्बिएर अझै खर्च बढ्न सक्ने अवस्था छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *