झिलझिले, २४ मंसिर–झापाको झिलझिलेमा २६ मंसिर आइतबार खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । पारिजात बहुदेश्यीय सहकारी संस्थाको समुद्घाटनको अवसर पारेर झिलझिलेमा रक्तदान गर्ने भएको हो ।
स्थानीय युवा व्यवसायी र सामाजिक अगुवाहरुले झिलझिले बजारमा पारिजात बहुदेश्यीय सहकारी संस्था स्थापना गरेका हुन् । पारिजात बहुदेश्यीय सहकारी संस्थाको विधिवत उद्घाटनसहित रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष पुष्पराज अधिकारीले जानकारी गराए ।
समुद्घाटनका लागि नगर प्रमुख आउने भएका छन् । त्यस्तैं, खुल्ला रक्तदान कार्यक्रममा दमकस्थित रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोग रहने संस्थाका अध्यक्ष अधिकारी बताउँछन् ।
कार्यालय समुद्घाटन तथा रक्तदान कार्यक्रमलाई वृहत बनाउन पारिजात बहुदेश्यीय सहकारी संस्थाले प्रचार प्रसार लगायतका अभियानहरु गरिरहेको संस्थाका सचिव सागर राईले बताए ।
सोमबार, संस्थाको कार्यालय परिसरमा औपचारिक कार्यक्रमकाबीच समुद्घाटनसहित खुल्ला रक्तादान कार्यक्रम गरिने संस्थाका सचिव राईले जानकारी दिए ।
योसँगै झिलझिलेमा सहकारी संस्थाको संंख्यामा ह्वातै बृद्धी भएको स्थानीयवासीहरु बताउँछन् ।
