झिलझिले, २४ मंसिर–झापा झिलझिलेका स्थानीय युवा व्यवसायी र सामाजिक अगुवाहरुले स्थापना गरेको किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा भोली (शनिबार) हुने भएको छ । झिलझिलेस्थित किराँत भवनमा सम्पन्न हुने बार्षिक साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ ।
शिबसताक्षी–११ झिलझिलेस्थित किसान कृषि सहकारी संस्थाको बार्षिक साधारणसभाको अवसरमा संस्थाले आर्थिक बर्ष २०७७।०७८ को प्रगती प्रतिवेदनसहित आगामी आर्थिक बर्ष २०७८।०७९ का योजना र लक्षित कार्यक्रमहरुका बारेमा प्रवेदन प्रस्तुत हुने कार्यक्रम छ ।
संथ्थाका अध्यक्ष सनम इजमका अनुसार कोभिडको कारणले बार्षिक साधारणसभा सम्पन्न गर्न ढिलाई भएको हो ।
बार्षिक साधारणसभाको अवसरमा पारेर संस्थाले उत्कृष्ट बचतकर्ता, असल कारोबारकर्ता, बाल बचतकर्ता, उत्कृष्ट कृषक सम्मान लगायत कार्यालयमा कार्यरत कर्मचारीहरुबीच एक जनालाई उत्कृष्ट कर्मचारीको रुपमा घोषणा गरिनुका साथै पुरस्कृत गरिने कार्यक्रम छ ।
त्यस्तैं, संस्थाले कृषकहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन हुनेगरी उत्पादनमुखी कार्यक्रमहरु ल्याइरहेको र त्यसलाई प्रभावकारी बनाउन बार्षिक साधारणसभामा छलफल गरिने अध्यक्ष इजमले जानकारी दिए ।
त्यस्तैं, सहकारीद्वारा माछा पालन र व्यवसायको प्रगती प्रतिवेदन समेत प्रस्तुत हुने कार्यक्रम छ, अध्यक्ष इजमले भने ।
बार्षिक साधारणसभामा आगान्तुक शेयर सदस्यहरुलाई अनिबार्य स्वास्थ्य मापदण्ड अनुसार मास्क लगाएर र सेनिटाइजर प्रयोग गराएर मात्रै प्रवेश गराइने संस्थाका उपाध्यक्ष एबम् झिलझिलेका व्यवसायी हरिशंकर सिलवालले जनाए ।
