दमक, २५ मंसिर–झापाको मेचीनगर वडा नं ७ इटाभट्टास्थित नेकपा (एकीकृत समाजवादी) को वडा सम्पर्क कार्यालयको उद्घाटन गरिनुका साथै अखिल नेपाल महिला संघ वडा नं ७ कमिटी गठन गरिएको छ ।
वडा कमिटी अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षतामा र पार्टीका केन्द्रीय परिषद सदस्य शुभद्र भट्टराई अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । नेकपा (एकीकृत समाजवादी) सम्बछ नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ का अध्यक्ष एबम् झापाली युवा नेता शकंर थापाका अनुसार वडा नं ७ को पार्टी कार्यालय उद्घाटन तथा अखिल नेपाल महिला संघ वडा नं ७ को वडा कमिटी गठन भएको हो ।
सो अवसरमा वडास्तरीय महिलाहरुको भेलाले वडा कमिटी अध्यक्षमा शोभिता यादब, उपाध्यक्ष पुजा राई, सचिव ममता भुजेल, सहसचिव पुनम श्रेष्ठ छन् । त्यस्तैं, सो वडा कमिटीका सदस्यहरुमा सुनिता राजवंशी, सरिता हेमरम, करुणा राजवंशी, अरुणा राजवंशी लगायत ३१ जना सदस्यीय छन् ।
सो अवसरमा पार्टी प्रदेश कमिटी सदस्य ताराराज ओली, नगर अध्यक्ष अर्जुन पौडेल, जिल्ला कमिटी सदस्य सनिता भेटुवाल, नगर सचिव हरिप्रसाद तिम्सिना, नगर सदस्य सुवर्ण भट्टराई, जिल्ला कमिटी सदस्य शंकर थापा लगायतको स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थित थियो ।
सो क्रममा नवगठित अनेमसंघ वडा कमिटीलाई प्रमुख अथिति तथा अन्य अतिथिहरुले बधाई तथा कार्याकालको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
