झिलझिले, २६ मंसिर–झापाको झिलझिले बजारमा आइतबारदेखि पारिजात बहुदेश्यीय सहकारी संस्थाले आफ्नो सेवा शुभारम्भ गरेको छ । सेवा शुभारम्भको अवसर पारेर झिलझिलेस्थित कार्यालय परिसरमा पारिजात बहुदेश्यीय सहकारी संस्थाले वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन भएको छ । दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधकि सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

संस्थाका अध्यक्ष पुष्पराज अधिकारी, उपाध्यक्ष अर्जुन चाम्लिङ राई, सचिव एबम् व्यवस्थापक सागर राई, संस्थाका संस्थापक शेयर सदस्य तथा निर्माण व्यवसायी मोहन बाहिङ राई, मेची हेल्ड फार्मेसीका सञ्चालका हरि अधिकारी, दुधेस्थित ध्रुबतारा अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक बीरबल जबेगु, कवि गजेन्द्र पथिक, खेलाडी दुर्गा उप्रेती लगायत १४ जना महिलाले रक्तदान गरेका थिए ।

शिबसताक्षी नगरक्षेत्रका युवा उद्यमी, युवा व्यवसायी, युवा बुद्धिजीवि र राजनीतिक अनि सामाजिक अगुवाहरुले स्थापना गरेको पारिजात बहुदेश्यीय सहकारी संस्थालाई नगरभरीको नमुना सहकारीको रुपमा स्थापित गर्ने संस्थाका उपाध्यक्ष अर्जुन चाम्लिङ राईले बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उपाध्यक्ष राईले सहकारी संस्था बित्तिय सेवा र त्यसभित्रका गतिविधिहरु मात्रै सञ्चालन गर्ने पुरानो मूल्य र मान्यतालाई अबलम्बन गर्दै थप नयाँकार्यक्रमहरु मार्फत जनतावीच पारिजात बहुदेश्यीय सहकारी संस्था आउन लागेको बताउनुभयो । वहाँले सहकारी संस्थाको कार्यालयमा बचत तथा ऋण अन्तगर्तका कार्यक्रमहरुलाई र युवा स्वरोजगार, महिला उद्यमी, कृषिमा लगानी, कृषिबाट आय–आम्दानीबाट आत्मानिर्भर, प्राविधिक र सीप मुलक कार्यक्रमहरु मार्फत संस्थाका शेयर सदस्यहरुलाई समेट्दै जाने बताउनुभो ।

संस्थाका अध्यक्ष पुष्पराज अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा संस्थाका सचिव एबम् कार्यालय व्यवस्थापक सागर राईले सञ्चालन गरेका थिए ।

रक्तादन कार्यक्रम अन्तगर्त शिबसताक्षी नगरभरीबाट धेरै पटक रक्तदान गर्नुहुने रक्तदाता दुधे निवासी छविलाल डवाडी, कार्यक्रम संयोजन गर्नुहुने धरमपुर निवासी अनिलदेब राईलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तैं, संस्थाले आफ्नो सेवा शुभारम्भको अवसर पारेर कार्यक्रम आयोजना गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको तर्फबाट रक्तसंचार प्रमुख सिद्धार्थ दाहालले संस्थाका अध्यक्ष पुष्पराज अधिकारीसहति पारिजात बहुदेश्यीय सहकारी संस्थालाई सम्मानसहित धन्यवाद व्यक्त गर्नुभएको थियो ।

रक्तदान कार्यक्रम अधि संस्थाद्वार समुद्घाटन समारोहमा नगर प्रमुख चन्द्र शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, वडा नं ८ का वडाध्यक्ष केहरसिंह बस्नेत, वडा नं ११ का वडाध्यक्ष भैरब श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सोही कार्यक्रममा वडा नं १ का कार्यवहाक अध्यक्ष मनकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति झापाकी सदस्य जुनु महरा, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धनबहादुर धेबे, नेकपा (एमाले) नगर अध्यक्ष रोशन थोप्रा, दुधेस्थित खुद्रा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद बजगाई, किसान कृषि सहकारी सस्थाका अध्यक्ष सनम इजम, युवा व्यवसायी हरिसंकर सिलवाल, किरात याक्थुम चुम्लुङ अध्यक्ष वीरबल जबेगु, बुद्धिबीवि प्रेम शेर्मा, धरमपुर पेशा व्यवसायी संघका अध्यक्ष पेमा लामा, वडा नं ११ का वडा सदस्य तथा एमाले नेता बहादुर आङबो, युवा नेता डम्बर अधिकारी, बिशाल शेर्मा, सतासी साप्ताहिक पत्रिकाका अध्यक्ष योगेन लावोती लगायतले उपस्थित जनाएका थिए ।

सेवा शुभारम्भको अवसर पारेर कार्यक्रममा शेयर सदस्यका लागि इच्छुकहरुलाई खाता सञ्चालनमा समेत ल्याइएको थियो । झिलझिलेमा कार्यलयबाट नगरभरीको सवै बजारलाई लक्षित गरेर संस्था स्थापना गरिएको संस्थाका उपाध्यक्ष अर्जुन चाम्लिङ राईले बताउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *