अर्जुनधारा, २६ मंसिर–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले पालिकास्तरीय कमिटी विस्तारसँगै वडा स्तरीय कमिटी निर्माणमा सक्रियता देखाएको छ ।
यसैबीच आज (आइतबार) झापाको अर्जुनधाराको वडा नं १ मा नेकपा (एकीकृत समाजवादी) वडा कमिटी र युवा संघ वडा कमिटी विस्तार गरेको छ ।
जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीका अनृसार नविन खनालको अध्यक्षताम २१ सदस्यीय अर्जुनधारा १ नंम्बर वडा कमिटी गठन गरिएको हो । सो कमिटीको उपाध्यक्षमा गंगा राई र मानवहादुर विक छन् ।
त्यस्तैं, सचिवमा हिमाल मिश्र, उपसचिवमा अर्जुन फूयल र कमल न्यौपाने छन् ।
वडा कमिटीको सदस्यहरुमा इन्ता सुन्चुउरी, नीरबहादुर थापा, बिजय सुब्बा, सुदिप रसाईली, सञ्जु गहतराज, पंकज गजमेर, रविलाल रसाइली, पदम खाती, उमा खाँती, प्रकाश थापा, प्रल्लाद लामिछाने, सुजन कार्की, सञ्जु विक, राम लोहार र देउमान सुन्चुउरी छन् ।

त्यस्तैं, सोही भेलाले एकीकृत समाजवादी सम्बद्ध युवा संघ वडा १ कमिटी गठन गरिएको पार्टी जिल्ला कमिटी अध्यक्ष रेग्मीले जानकारी दिनुभएको छ ।
अध्यक्षमा राजन लिम्बू, उपाध्यक्षमा प्रकाश, सचिवमा गणेश गिरी, उपसचिवमा पुजन भुजेल छन् ।
त्यस्तैं, सदस्यहरुमा सुमन थापा, कल्पना खनाल, अमुन लोहार, बलबहादुर गजमेर, मुक्तिनाथ गजमेर, रेश्मा सेन्चुउरी, किरण बस्नेत, कला थापा र सुजन गजमेर छन् ।
अर्जुनधारा नगर कमिटी अध्यक्ष एबम् युवा नेता अर्जुन मेचेको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको थियो ।
पाटी जिल्ला कमिटी अध्यक्ष रेग्मीले वडा नेकपा (एकीकृत समाजवादी) वडा कमिटी र युवा संघ वडा कमिटीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।

