काठमाडौं, २७ मंसिर–पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार राति भएको फ्रेन्च लिग वानको खेलमा मोनाकोमाथि २-० को जित हात पारेको छ ।

खेलको १२ औं मिनेटमा पीएसजीले पाएको पेनाल्टीमा एमबाप्पेले पहिलो गोल गर्दै टोलीलाई १–० गोल अन्तरको अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको ४५ औं मिनेटमा लियोनेल मेस्सीको पासलाई सदुपयोग गर्दै एमबाप्पेले दोस्रो गोल गरे ।

यससँगै लिग वानमा पीएसजीले १८ खेलबाट ४५ अंक हात पारेको छ । दोस्रो स्थानमा रहेको मार्सिल्लेले १७ खेलबाट ३२ अंक जोडेको छ ।mb

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *