काठमाडौं, २७ मंसिर–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पहिलो चरणमा नै विजयी हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

आज १४औँ महाधिवेशनअन्तर्गत मतदान गरेर बाहिरिनेक्रममा सञ्चारकर्मीहरूसँग उनले भने, “पहिलो चरणमा नै जित्नुहुन्छ भन्ने विश्वास छ । विश्वास भएर त मत हाल्न आएको नि,” उनले भने ।

सिटौलाले मतदान गर्न झमेला नभएको बताए । कागजी मतदान प्रक्रिया वैज्ञानिक रहेको उनको भनाइ छ ।

मतदानस्थलमा देउवाले कुरेर आचारसंहिता उल्लंघन भयो नि रु भन्ने प्रश्नमा उनले भने, “नमस्कार गर्न त पाइन्छ ।”

सिटौला यसपटक उमेदवार छैनन् । उनले देउवालाई सघाएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *