काठमाडौं, २८ मंसिर–प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन्।

मंगलबार संसदीय दलको बैठकमा बोल्दै ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन चेतावनी दिएका हुन्।

उनले संसदमा आफ्नो पार्टीका सांसदहरूले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरूलाई धम्की दिए परिणाम राम्रो नहुने चेतावनी दिएका हुन्। ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सापकोटालाई सचेत गराए।

‘फेयर गराउन हामी बाध्य गराउँछौँ। संसद् पनि फेयरली चलाउनुपर्छ। त्यसैले नियमावली आकर्षित हुन्छ ? वाह ! संसदीय भाषास नियमावली आकर्षित ?हुन्छ।

कहाँ–कहाँ नियमावली आकर्षित हुन्छ ? त्यसो भएर धम्की दिने जमाना थियो होला ! अब नदिए हुन्छ। नाङ्लो ठटाएर हात्ती तर्साउनुपर्दैन।

निकाल्छु भन्नेहरूलाई, कारबाही गर्छु भन्नेहरूलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरूलाईस म आवेग, उत्तेजनामा नआउन सुझाब दिन्छु। आवेग उत्तेजनामा नआउनुस्। परिणाम नराम्रो होला !’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *