धरमपुर, २८ मंसिर–सौजन्य बचत तथा ऋण सहकारी संस्थाले आज प्रथम स्थापना दिवस मनाएको छ । शिबसताक्षी–२ मंगलबारे बजारमा गत वर्ष आजैको दिन स्थापना भएको सहकारी संस्थाले कार्यालयमा एक कार्यक्रमबीच प्रथम स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसर पारेर कार्यालयमा केक काटेर खुशियाली मनाइएको छ । सो केक काटेपछि अध्यक्ष मकर नेम्बाङले संस्थाको स्थापनाकालका अनुभवहरु राखेका थिए । त्यस्तैं, संस्थालाई आगामी वर्षमा चौतर्फी बृद्धि विकासमा लैजानका लागि सञ्चालक समिति, सल्लाहकार समिति, विभिन्न उपसमितिहरु, कर्मचारीहरु र शेयर सदस्यहरुको भूमिका महत्वपूर्ण रहनुपर्नेमा जोड दिनुभयो ।

कोरोना संक्रमणको डर र त्राश यथावत रहिरहेको कारण संस्थाले कार्यालयमा संञ्चालक समिति, सल्लाहकार, विभिन्न उपसमिति र कर्मचारीहरुबीचमा शुभकामना आदान–प्रदान गर्दै स्थापना दिवस मनाएको हो । संस्थाका अध्यक्ष मकर नेम्बाङका अनुसार गत वर्ष आजैको दिन मंगलबारे बजारमा सौजन्य बचत तथा ऋण सहकारी सस्था स्थापना भएको हो ।

स्थानीयस्तरमा विक्तिय सेवा उपलब्ध गराउदै सहकारी शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना भएको अध्यक्ष नेम्बाङले जानकारी दिए । हाल सो सहकारी संस्थाले शिबसताक्षी नगरपालिकाको वडा नं २, १, ३, ६ र ७ को विभिन्न चौक, बजार र गाउँ घरमा दैनिक बचत, खुत्रुक्के बचत लगायत अन्य वित्तिय सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाले गत वर्ष कार्यालय शुभारम्भको अवसर पारेर खुल्ला रक्तदान तथा निःशुल्क आँखा शिविर कार्यक्रम आयोजना गरिएको व्यवस्थापक मनि कुमार राईले जानकारी गराए ।

संस्थामा हाल २ सय २० जना शेयर सदस्यहरु छन् । रु १५ लाख शेयर पँुजीबाट शुभारम्भ भएको सहकारी संस्थाले हाल रु ४० लाख बढी शेयर पुँजी बृद्धि गरेको व्यवस्थापक राईले बताउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *