जनकपुर, २९ मंसिर–प्रदेश–२ को प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश-२ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौं अधिवेशन आज बिहान ११ बजेको लागि आह्वान गरेका छन् ।
आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौं अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने नेपालको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यस्तै, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।
तर, नेपाली कांग्रेसको १४औं महाधिवेशन लम्बिएका कारण कांग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना छ ।
