काठमाडौं, २९ मंसिर–सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएकोमा शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

आज बिहान उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री समेत रहेका देउवालाई बधाई तथा शुभकामना दिएका हुन् ।

“दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,” उनले लेखेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *