काठमाडौं, २९ मंसिर–नेपालमा थप २१ लाख ७६ हजार डोज कोभिड १९ विरुद्धको जोन्सन एन्ड जोन्सनको खोप आउँदैछ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार भोलि र पर्सी गरी सो खोप नेपाल आइपुग्नेछ ।
यसअघि कोभ्याक्स कार्यक्रममार्फत अमेरिकाले नेपाललाई झन्डै १६ लाख डोज जोन्सन खोप उपलब्ध गराएको थियो ।
