काठमाडौं, १ पुष–नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहार्नुभएको छ ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित हुनुभएको थियो । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाउनुभयो ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिनुभएको छ ।

महामन्त्रीको दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी हुनुभएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *