काठमाडौं, १ पुष–नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले धेरै मत पाएपछि आफ्नो जिम्मेवारी बढेको बताएका छन्।

महामन्त्री पदमा झण्डै दुई तिहाई मतसहित विजयी भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले भने, धेरै मत पाउनु भनेको विश्वास बढ्नु हो। त्यसैले अब मलाई चुक्ने थाक्ने समय छैन।’

अब कांग्रेसलाई जनताप्रति विश्वास गर्ने पार्टी बनाउने उनको भनाइ छ। महामन्त्रीको जिम्मेवारीप्रति इमान्दारपूर्वक काम गर्ने बताउँदै एउटा समूहबाट महामन्त्री भएपनि अब पार्टीको महामन्त्री बनिसकेपछि पार्टीलाई थप बलियो बनाउन लाग्ने बताए।

महामन्त्री थापाले भने, ‘पार्टीलाई मिलाएर लैजाने काम सभापतिको हो। उहाँलाई सहयोग गर्ने महामन्त्रीको जिम्मेवारी हो। यदि सभापतिले गल्ती गरे प्रश्न गर्ने काम पनि महामन्त्रीका रुपमा त्यसमा म पछि हट्दिनँ।’

कांग्रेसका लाखौं क्रियाशील कार्यकर्ता उच्चतम उपयोग गरेर देशको समृद्धिमा लाग्नुपर्ने बताए।

‘मेरो मुख्य जिम्मेवारी पार्टीलाई राजनीतिक कार्यदिशामा कुनै अलमलमा नरहेको राजनीतिक लाइन बनाउने हो।

पार्टीलाई व्यवस्थापन गर्ने महामन्त्रीको जिम्मेवारी हो’ उनले भने, ‘स्थानीय तहको निर्वाचनको नजिक छौँ।

हामी महाधिवेशनमै आम निर्वाचन जस्तो उत्साहजनक अवस्थामा छौँ। पदीय जिम्मेवारीमा पुगेपछि पार्टीभित्रको तिक्तता कम गरेर एकताबद्ध बनाउन लाग्छौँ।’

पार्टीको नेतृत्व परिर्वतनको अवसर भएर पनि असफल भएको उनले गुनासो गरे।

उनले भने, ‘हामीलाई पार्टी नेतृत्व परिर्वतन गर्ने अवसर थियो तर, सकिएन। पार्टी निर्वाचनपछि हामीले यहीँ टिमबाट पार्टीलाई बलियो बनाएर अगाडि जान्छौँ।

अर्को महत्वपूर्ण कुरा भनेको पार्टीभित्र बेथिति अन्त्य गरेर पार्टीलाई विधान अनुसार चलाउनुपर्छ। लाखौँ सदस्य भएको पार्टी हो। त्यो राज्य शक्ति दोहन गर्न होइन। देश रुपान्तरणको लागि प्रयोग गर्नुपर्छ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *