काठमाडौँ, १ पुष–नेपाली कांग्रेसको महामन्त्री पदमा दुई युवा हस्तीहरू उदाएका छन् । लोकप्रिय मतसहित गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्री पदमा बाजी मारेका छन् ।

प्रकाशमान सिंह खेमाबाट महामन्त्री बनेका शर्मा ६ पुस २०२७ मा झापामा जन्मिएका हुन् । विद्यालय तहबाटै राजनीतिमा लागेका शर्मा २०४० सालमा धुलाबारी माध्यमिक विद्यालय झापाको नेविसंघ इकाई सभापति बनेका थिए ।

विद्यालय तहमै २०४१ सालमा ९ कक्षामा पढ्दा पहिलो पटक प्रहरी गिरफ्तारीमा परेका शर्मा २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति बनेका थिए ।

२०४८ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका शर्मा २०५३ सालमा नेविसंघ महामन्त्री र २०५३ नेविसंघ उपसभापतिको जिम्मेवारी समेत सम्हालेका थिए । उनी २०५७ सालमा नेविसंघको केन्द्रीय सभापति समेत भए ।

झापाबाट १२औं महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका शर्मा १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बने । २०७४ सालमा कांग्रेस प्रवक्ताको जिम्मेवारी पाएका शर्माले प्रवक्ताको अब्बल जिम्मेवारी सम्हाले। उनी २०७० र २०७४ को निर्वाचनमा झापाबाट पराजित भएका थिए ।

पार्टी सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको नजिक रहेपनि १४ औं महाधिवेशनमा प्रकाशमान प्यानलबाट निर्वाचनमा होमिए । कार्यकुशलताका कारण पार्टीको प्रवक्ता पदमा चुनिएका शर्मा अब्बल र प्रखर वक्ताको रुपमा आफूलाई प्रस्तुत गर्छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *